भारतमा एकैदिन थपिए ५२ हजार १२३ कोरोना संक्रमित

0
11

पछिल्लो २४ घण्टामा भारतमा कोराना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । योसंगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३४ हजार ९६८ पुगेको बताइएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here