भारतमा एकैदिन थपिए एक लाख ७९ हजार ७२३ संक्रमित

0
4

काठमाडौं – भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here