भारतको महाराष्ट्रमा पहिरो जाँदा २७ जनाको मृत्यु, कम्तीमा साठी जना बेपत्ता

0
7

काठमाडौं- भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छभने कम्तीमा साठी जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले एएफपीलाई बताएका छन् । मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here