भारतको बनारसमा नेपालीमाथि ज्यादती

0
12

काठमाडौं – भारतको बनारसमा नेपालीमाथि ज्यादती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन्। उनीहरुले नेपालका प्रधानमन्त्रीकाविरुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्नेजस्ता नारा लगाउनसमेत लगाएका छन्।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन्। त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन्।
भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेको आजतकले जनाएको छ। विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here