भारतको एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलासा

0
121

काठमाडौं – भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ । हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ । मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटामात्र अनुसन्धान गरेको छ । बाँकी हार्ड डिस्कको पनि अनुसन्धान गरे अझै धेरै नक्कली डिग्री फेला पर्ने अनुमान गरिएको छ । यो विश्वविद्यालय राजकुमार रानाले चलाएका हुन् । उनी ट्रस्टका अध्यक्ष छन् । उनको पासपोर्ट फिर्ता गरिएको छ भने अष्ट्रेलियामा रहेका उनकि पत्नी र छोराछोरीलाई पनि भारत झिकाउने प्रक्रिया सुरू गरिको छ । राजकुमारको परिवारले नक्कली डिग्री बेचेर १ सय ९४ करोड भारू कमाएको प्रहरीको अनुमान छ ।
प्रहरीले यो भारतीय इतिहासमा शिक्षा क्षेत्रबाट भएको सबैभन्दा ठूलो मुद्रा निर्मलीकरण भएको बताएको छ । राना परिवारले सन् २००९मा हिमाञ्चल र २०१३ मा हरियाणामा विश्वविद्यालय खोलेको थियो । उक्त विश्वविद्यालयविरूद्ध नक्कली डिग्री दिएका अरू उजुरी पनि प्रहरीमा दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here