भारतका अस्पतालहरूमा अक्सिजनको हाहाकार

0
117

काठमाडौं – कोरोना संक्रिमत अत्याधिक बढेसँगै भारतका अस्पतालहरूमा अक्सिजनको हाहाकार भएको छ । राजधानी दिल्लीस्थित गंगाराम अस्पतालले अब दुई घण्टाका लागि मात्रै अक्सिजन बाँकी रहेको बताएको छ । भेन्टिलेटर र बाईपैप मेसिनले ठीक ढंगले काम गर्न छाडेको अस्पतालले बताएको हो। अस्पतालका निर्देशकले गम्भीर हातलमा रहेका ६० जना बिरामीको जीवन खतरामा रहेको बताएका छन्। बिबिसी हिन्दीका अनुसार यो अस्पतालमा बितेको चौबिस घण्टामा २५ जनाको मृत्यु भएको छ । उनीहरु सबैको मृत्यु अक्सिनको कमिका कारण भएको हुन सक्ने समाचारमा जनाइएको छ । इमरजेन्सी र आइसीयू कक्षमा अहिले मैनुअल भेन्टिलेसनको सहारा लिइएको अस्पतालले बताएको छ । गम्भीर कोरोना संक्रमित बिरामीहरु अस्पताल भर्ना हुने क्रम बढेपछि भारतमा देशैभर अक्सिजनको कमि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here