भाट भटेनीको बिर्तामोड शाखा सञ्चालनमा, अध्यक्ष गुरुङले गरे उद्घाटन

0
18

बिर्तामोड- आजबाट सञ्चालनमा आएको नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज बिहान ६ः३० बजेको शुभ साइतमा आफ्नो २६औँ बिर्तामोड स्टोरको उद्घाटन गरेका हुन् ।

नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइत पारेर गुरुङले स्टोरको उद्घाटन गरेसँगै आजबाट उपभोक्ताका लागि स्टोर खुला गरिनेछ । पूर्व नेपालको प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा सञ्चालनमा आएको उक्त स्टोर भाट भटेनीको २६औँ स्टोर हो ।

करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त स्टारमा २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको जनाइएको छ ।

स्वदेशी तथा बिदेशी ब्रान्डका उच्च गुणस्तरका सामानहरु पाइने सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास रहेको अध्यक्ष गुरुङको भनाइ छ ।

For all your Online Liquor Delivery needs contact Uniqor Wine & Spirits

उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाइ बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए । उद्घाटनका आवसरमा ग्राहकलाई इलेक्ट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्सजोन तथा स्केट पार्क लगायतका सुविधाहरु रहेको भाटभटेनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here