भब्य अनि शभ्य रुपले सम्पन्न भयो एघारौँ रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड

0
136

काठमाडौँ – रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको ११ संस्करण यहीँ चैत्र २८ गते सभ्य अनि भब्य रुपमा काठमाडौँ स्थित होटेल याक एण्ड यतिमा सम्पन्न भएको छ। अवार्ड कार्यक्रममा विभिन्न २८ विधामा नोमिनेसनमा परेका मध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । सर्वोत्कृष्ट विधा छान्नका लागि जुरीको तर्फबाट ५० प्रतिशत भोटिङमार्फत ४५ प्रतिशत र आयोजकको तर्फबाट ५ प्रतिशत अङ्क प्रदान गरिएको थियो।

लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट वैद्य सम्मानित

एघारौँ संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’ मा वरिष्ठ गायक योगेश वैद्य ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मानित भएका छन् । यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ। अस्वस्थ रहेका सङ्गीतकर्मी योगेश वैद्यलाई उनको वासस्थानमै पुगेर आयोजकले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका हुन्।

यस्तै, गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मानित भएकी छिन् । गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७ र बरिष्ट पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मानित भएका हुन्। गत फागुन १ गते राजधानीमा भएको फाउण्डेसनको सातौं वार्षिक भेलाले कलाकारहरुलाई विभिन्न अवार्डबाट सम्मान गर्ने निर्णय गरेको थियो।

यी हुन् बिन्ध्यवासिनी अवार्ड जित्ने कलाकारहरु

१) सर्वोत्कृष्ट गीतः गीतकार ध्रुबप्रसाद अम्गाई, माया हे माया

२) सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (पुरुष): अजर जंगम, अस्तायौ किन तिमी ?

३) सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला): पूर्णिमा तामाङ लामा, मुटु जली खरानी भो

४) सर्वोत्कृष्ट सङ्गीत (सुगम सङ्गीत): बिबि अनुरागी, म एकदिन झरीमा ।

५) सर्वोत्कृष्ट रचना (सुगम सङ्गीत): मोहन कुमार खत्री, पत्थरको जस्तो मुटु

६) सर्वोत्कृष्ट एरेञ्जर (सङ्गीत संयोजन): उदय राज पौडेल, जिन्दगीको के छ र भर

७) सर्वोत्कृष्ट पप गायन (पुरुष): धनकिरण गुरुङ, तिमी र म

८) सर्वोत्कृष्ट पप गायन महिलाः सिर्जना कार्की, फक्रिन नसकेको फुल

९) सर्वोत्कृष्ट युगल गायनः रामचन्द्र काफ्ले र जुनु रिजाल, वन चौरी

१०) सर्वोत्कृष्ट लोकदोहोरी गायकः शिरिष देवकोटा, बोलीदेउ आधार

११) सर्वोत्कृष्ट लोकदोहोरी गायिकाः सरिता कार्की, निष्ठुरे

१२) सर्वोत्कृष्ट लोकदोहोरी भाकाः प्रकाश सपुत, फुटेका चुरा

१३) सर्वोत्कृष्ट लोकदोहोरी रचनाः नवराज पन्त मन्जरी

१४) सर्वोत्कृष्ट लोकदोहोरी गीतः करण न्यौपाने, वनपालेको लौरी

१५) सर्वोत्कृष्ट मोडल पप तथा आधुनिक भिडियोतर्फः दुर्गेश थापा र प्राची लामा, तिमी यति राम्री

१६) सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीतः तेजेन्द्र काफ्ले, देश नदुखोस्

१७) सर्वोत्कृष्ट म्यूजिक भिडियोः निर्देशक लोकदोहोरी, काजिश श्रेष्ठ, लाईदिउँ कि मोहनी

१८) सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम सङ्गीत): देवेन्द्र पाण्डे, डिजिटल फोटो

१९) सर्वोत्कृष्ट महिला गीतकार (सुगम सङ्गीत): विनिता उप्रेती खनाल, हिउँद लाग्यो

२०) सर्वोत्कृष्ट छायाङ्कार (क्यामेरा पर्सन) म्यूजिक भिडियोः राजेश घिमिरे, बनमा तरुल

२१) सर्वोत्कृष्ट सम्पादक, म्यूजिक भिडियो, विनोद बम, तिमी जुन बन्यौ

२२) सर्वोत्कृष्ट नवप्रतिभा लोक तथा दोहोरीतर्फः समिक्षा अधिकारी, माया मारेर

२३) सर्वोत्कृष्ट नवप्रतिभा पप तथा आधनिकतर्फः देवेन्द्र बब्लु,म हाँसे हाँस्छ्यौ र ?

२४) सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरीतर्फः आशिर प्रताप जंग र सारिका केसी, किन अन्धो भैन म ?

२५) विन्ध्यवासिनी म्युजिक अन्तर्राष्ट्रिय सङ्गीतकर्मी सम्मानः सुरज गैरे ‘विवश’, (दुबई),।

२६ ) पपूलर अवार्ड : पल शाह र अनु शाह

२ ७) पब्लीक च्वाईस अवार्ड : गायक नरेश खाती


२८) जूरी अवार्ड गायक : रमेशराज भट्टराई र गीतकार बि. पाण्डेसर्बोत्कृष्ट

मुक्तिनाथ बिकाश बैँकको प्रस्तुति !

मुक्तिनाथ कृषि कम्पनि संगको सहकार्य !

रमपम बिन्ध्यवासीनि म्यूजिक अवार्ड २०७७ !

मुख्य प्रायोजक :- लालिगुराँस दूग्ध प्रशोधन उद्योग प्रा. लि.

सहप्रायोजक :- MI मोबाईल !

ईन्द्रेणी फुडलेन्ड BEV

THE HIMALAYAN RESERVE

शिबम सिमेन्ट लि

प्रिमीयर वायर्स प्रा लि

सहयोगी संस्थाहरू :-

OLD MONK RUM

प्रिमीयर स्टिल्स प्रा लि

CHIVAS REGAL

हिमगिरी सोप एन्ड केमीकल्स ई प्रा लि

एशियन बिस्कुट एन्ड कन्फेक्सनरि

पशुपति खाध्य तेल ऊध्योग प्रा लि

न्यूट्री फुड्स प्रा लि

प्रिमीयर ओभरसिज प्रा लि

बाबा भेजिटेवल आयल ई प्रा लि

HOSPITALITY PARTNER Hotel Yak & Yeti

OFFICIAL MEDIA :- RADIO KANTIPUR !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here