भदौ ३१ देखि बन्द हुने भयो सधैंका लागि मेसेन्जर लाइट

0
4

काठमाडौं- आउँदो १७ सेप्टेम्बर अर्थात् भदाै ३१ देखि मेटाले आफ्नो ‘मेसेन्जर लाइट’ सधैंका लागि बन्द गर्ने भएको छ। हाल प्रयोगकर्ताले सो एप खोल्दा ‘मुख्य मेसेन्जर एपमा स्विच गर्नु’ भन्ने सूचना सहित डाउनलोड लिङ्क दिन थालिएकाे छ। सन् २०१६ मा मुख्य मेसेन्जर एपको विकल्पको रूपमा मेटाले मेसेन्जर लाइट सार्वजनिक गरेको थियो, जसले कम स्टोरेज र डेटा खपत गर्छ।

पुराना र कम प्राेसेसरयुक्त एन्ड्राेइड फोनहरूमा मेसेन्जरको यो विकल्प बनेको थियो । तर अब कम्पनीले सधैंका लागि गुगल प्ले स्टोरबाट मेसेन्जर लाइट हटाउने घाेषणा गरेकाे छ । तर मेसेन्जर लाइट प्रयाेग गरिरहेका प्रयाेगकर्ता एपकाे डेटा वा च्याट भने डिलिट नहुने मेटाले जनाएकाे छ।

यसअघि आईओएसका लागि उपलब्ध मेसेन्जर लाइट पनि सन् २०२० मा हटाइएकाे थियाे । हाल ७६ कराेड बढी एन्ड्राेइड फाेनमा मेसेन्जर लाइट एप उपलब्ध भएकाे बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here