भदौ ११ गतेदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज दिइने

0
5

काठमाडौं – काठमाडौंमा भदौ ९ गतेदेखि दिने भनिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने भएको छ। स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको हो। ‘भदौ ४ गतेदेखि पहिलो डोज लगाउन सुरु गरेका थियौं । तर बीचमा लगातार तीन दिन सार्वजनिक विदा पर्‍यो,’ उनले भने, ‘जसले गर्दा आज र भोलि थप दुई दिन पहिलो डोज दिन्छौं ।’ भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने समेत उनले बताए । भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here