ब्राउन सुगरसहित ३ जना पक्राउ

0
5

पोखरा- पोखराबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । पोखरा २१ कस्यारघाट ननिकबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा १३ बाँझापाटनका २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ का २१ वर्षीय अनिस सुनारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी लागू औषध मुद्धामा अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here