बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला, श्रीमान फरार

0
22

काठमाडौँ- बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका -१४ बल्खु सुकुम्बासी बस्ती एक महिलाको शव फेला परेको हो । सोमबार साँझ काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला परेको थियो । घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घटनास्थल पुगेको थियो । प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको टाउकोमा गह्रङ्गो बस्तुले प्रहार गरेर हत्या गरिएको देखिएको थियो । श्रीमतीको शव फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भागेपछि प्रहरीले हत्यामा श्रीमान्‌कै संलग्नता रहेको आश‌ंकासहित अनुसन्धान अगाडि बढाएको छ । पोस्टमार्टमका लागि सन्तोषीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । मृतकको श्रीमान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

                                                                                                                           
                                                                        स्रोत : न्युज 24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here