पाँच वर्षदेखि नाफामा रहेको आयल निगमले कर्मचारीलाई बोनस बाँड्दै

0
81

आर्थिक वर्षको पछिल्लो चार महिना इन्धनको बिक्री झण्डै शून्यको अवस्थामा झर्दा पनि नेपाल आयल निगमले झण्डै १३ अर्ब रुपैयाँ खुद नाफा गर्यो । आइतबार सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार आव २०७६र०७७ मा निगमको नाफा १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जबकी कोरोना भाइरसका कारण गत चैत दोस्रो सातादेखि सुरु भएको देशव्यापी लकडाउनका कारण असार मसान्तसम्म इन्धन बिक्रीमा ठूलो ह्रास आएको थियो । उक्त आ.व . निगमले २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर पेट्रोलियम पदार्थ कारोबार गर्यो, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हो ।

पाँच वर्षदेखि निरन्तर नाफामा

नेपाली बजारमा इन्धन बिक्रीको एकाधिकार पाएको निगमको नाफामा देशमा संकट आइपर्दा फराकिलो वृद्धि भएको देखिन्छ । कोरोनाले जनजीवन र अर्थतन्त्र हायलकायल हुँदा गत वर्ष निगमले १२ अर्ब ८७ अर्ब नाफा आर्जन गर्यो । भारतीय नाकाबन्दीका बेला पनि निगमले उल्लेख्य नाफा कमाएको थियो । सो आर्थिक वर्ष ९०७२र७३० मा निगमको नाफा १९ अर्ब ३६ करोड थियो ।

कर्मचारीलाई बोनस

नेपाल आयल निगमले यस वर्ष कर्मचारीलाई बोनस खुवाउने तयारी गरेको छ । निकै लामो समयदेखि बोनस खान नपाएको, कोरोना र लकडाउनको अवस्थामा पनि दिनरात खटेका कर्मचारीलाई बोनस नदिए ‘पाप लाग्ने’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् । ‘महामारीमा पनि कर्मचारीले काम गरेका छन्, चुल्हो नबल्नेको घर घरमा ग्यास पुर्याएका छन्, उनीहरुलाई बोनस दिनुपर्छ,’ पौडेल भन्छन्, ‘त्यसका लागि गत वर्षको नाफाबाट बोनस ऐनअनुसार १७ करोड ४३ लाख रुपैयाँ छुट्याइएको छ ।’

निगमले बोनसको लागि गत असार समान्तसम्म छुट्याएको रकम ३ अर्ब ४७ करोडभन्दा धेरै छ । यसबाट उच्च तहका एक कर्मचारीले बढीमा रु।७० हजार पाउने कार्यकारी निर्देशक पौडेलले बताए । ‘मैले दुई वर्षको बोनस पाउँदा बढीमा एक लाख ४० हजार पाउँछु’, उनले भने, ‘ऐन अनुसार बढीमा दुई वर्षको बोनस वितरण गर्न पाइन्छ ।’

कसरी बढ्यो निगमको नाफा ?

राष्ट्रिय संकटकै बीचमा पनि निगमको नाफा बढ्नुमा तीन कारण रहेको कार्यकारी निर्देशक पौडेल बताउँछन् । उनका अनुसार, अघिल्ला वर्षहरुको नाफाबाट प्राप्त ब्याज, पाइपलाइनका कारण बचेको ढुवानी खर्च र गत वर्ष ग्यासमा भएको बचतले निगमको नाफा बढेको हो । ब्याज आम्दानीबाट एक अर्ब ७७ करोड, पेट्रोलियम पाइपलाइनका कारण एक अर्ब ४७ करोड र ग्यासको करिब तीन अर्ब रुपैयाँ बचतका कारण खुद नाफा भएको पौडेलले बताए ।

‘लकडाउनका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ घट्यो, हवाई इन्धन, पेट्रोल र डिजेल बिक्री निकै घट्यो तर हरेक वर्ष एलपी ग्यासमा हुने नोक्सानी यो बेला बच्न पुग्यो,’ उनले भने । निगमको नाफा बढ्नुको कारण भारततर्फ हुने पेट्रोल बिक्री पनि रहेको नेपाल–भारत सीमा क्षेत्रका पेट्रोलियम कारोबारी कारोबारीहरु बताउँछन् । उनीहरुका अनुसार, यो वर्ष पेट्रोल नेपालमा भन्दा भारतमा कम्तिमा २० रुैपैयाँ महँगो रह्यो । मेरो पालामा प्रतिव्यारल पेट्रोलको अन्तर्राष्ट्रिय मूल्य १३० डलरभन्दा माथि थियो, अहिले ३०–४० डलर छ’, पूर्वसचिव ओझा भन्छन्, ‘अहिले नाफा कमाएर कर्मचारीलाई बोनस बाँड्ने कुरामा केन्द्रित हुनुलाई ठीक मान्न सकिन्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here