बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ

0
4

काठमाडौं – बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका– १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिइबीका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here