बैतडीमा जीप दुर्घटना हुँदा दुईजना घाइते

0
11

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।

घाइते चालकको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा र सहचालकको जिल्ला अस्पताल बैतडीमै उपचार भइरहेको छ।जीपमा चालक र सहचालक मात्रै सवार थिए। जीप सडकबाट १०० मिटर तल खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here