बैतडीमा जिप दुर्घटना, १ जनाको मृत्यु , २ बालकसहित १४ जना घाइते

0
8

बैतडी- बैतडीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ बालकसहित १४ जना घाइते भएका छन् । देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटामा भएको जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रोडीका ६९ बर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका ५ मस्नेटाका ३३ बर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ बर्षीय गोकुलदत्त भट्ट, ३३ बर्षीय रामप्रसाद भट्ट,६२ बर्षीया जसुदेवी भट्ट, ४ बर्षीय मोहित भट्ट,३५ बर्षीया मीना भट्ट, ३३ बर्षीय राजेन्द्र भट्ट,२८ बर्षीया तुलसी भट्ट,२३ बर्षीया कुन्ती भट्ट,३४बर्षीय केशव भट्ट, ५५ बर्षीया ललिता भट्ट र ३ बर्षीय रोशन भट्ट रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका ६ सेलीका २२ बर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here