बैंकिङ कसूरको मुद्दामा पक्राउ परे कलाकार शिशिर शमशेर राणा

0
24

काठमाडौँ – प्रहरीले कलाकार शिशिरशमशेर राणालाई पक्राउ गरेको छ। बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो। २०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ। राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ। तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताए। राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन्। उनी चलचित्र निर्माता तथा निर्देशक समेत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here