बैंकको एटीएम तोडफोड गर्ने एक युवक पक्राउ

0
6

मोरङ – बैंकको एटीएम तोडफोड गर्ने एक  युवक पक्राउ परेका छन्। प्रहरीले माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने १ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन्। विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने कालिकोटेलाई प्रहरीले पक्राउ गरेको हो। आईतबार राति साढे ९ बजे एटीएम मेसिन तोड फोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो। पक्राउ परे का ति  युवको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here