बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

0
2

काठमाडौं- बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको घोषणा गरिएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुई १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन्। महारानी एलिजाबेथले जीवनमा थुप्रै उतारचढाव सामना गरेकी थिइन्। उनले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् । एलिजाबेथलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रुपमा लिइन्छ । पारिवारिक जीवनमा उनी कैयौं अप्रिय घटनाको साक्षी बनिन् तर विचलित भइनन् । एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here