बेदुराम भुसाललाई कार्यवाहक अध्यक्ष दिएर युरोप उडे माधवकुमार नेपाल

0
5

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल जेनेभा प्रस्थान गरेका छन्। प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्वनिर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज बिहान ७ः३० बजे इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन्। उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन्। उनी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनको अनुपस्थितिमा कार्यबहाक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here