बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

0
15

काठमाडौं – अविरल वर्षाले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्द्दधवावा, तिनाउ ३ सिसुवा, तिनाउ ५ हिँउदेखोला, तिनाउ ५ केराबारी र तिनाउ ५ जरेपिपलमा पहिरो खसेको छ । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यस्तै रम्भा ३ सितापहाडमा पनि पहिरो खसेको छ। तानसेन नगरपालिका ११ सम्मोबारी, वडा नम्बर ७ बर्तुङ नजिकै खसेको पहिरो हटाइएको प्रहरीले जनाएको छ ।

स्रोत : न्युज सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here