बिमल पौडेलको रचनामा गायक गैरेले सार्वजनिक गरे मर्मस्पर्सी गीत ‘बैसाखी’ (भिडियो)

0
68

काठमाडौं – चर्चित गायक पुरुषोत्तम गैरेले आफ्नो नयाँ गीत ‘बैसाखी’ सार्वजनिक गरेका छन। बिमल पौडेलको शब्द तथा पुरुषोत्तम गैरेको संगीत एबम सुनिल परियारको संगीत संयोजन रहेको उक्त गीतमा आवाज पनि गैरेकै रहेको छ भने उनलाई साथ दिएकि छन् लोकप्रिय गायिका देवी घर्तिले। मर्मस्पर्सी शब्दहरुले श्रिङ्गारिएको उक्त गीतको भाका र आवाजमा पनि उत्तिकै मिठास रहेको सुन्न सकिन्छ। गायक पुरुषोत्तम गैरेको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा इश्वर बाबुको निर्देशन सम्पादन तथा बिकाश ज्ञवालीको रंग संयोजन रहेको छ। भिडियोमा शिशिर पौडेल लक्ष्मी पाण्डे न्यौपाने र आशिष ढकालको अभिनय रहेको छ। भिडियोको छायांकन हरिश महराले गरेका हुन्। उक्त गीत सार्वजनिक गरेसंगे गायक गैरेले उक्त गीतबाट आफुले निकै आशा गरेको र दर्शक श्रोताहरुको मन जित्नेमा बिस्वस्त रहेको झंकार न्युज लाइ बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here