बिमल डाँगी/सरिता डाँगी र मधुर गिरीको सहकार्यमा तिज कोसेली ‘फुलबुट्टे सारी लाएर’ सार्बजनिक (भिडियो)

0
31

काठमाडौं- लोकप्रिय गायक एबम संगीतकार बिमल डाँगी, मधुर गिरी तथा लोकप्रिय गायिका/मोडल सरिता डॅागीले हिन्दु नारिहरुको महान चाड तिजलाई लक्षित गरी “फुलबुट्टे सारी लाएर” बोलको गीत सार्वजनिक गरेका छन् । सफल्क काउन्टी नेपाली समाज, लंग आईल्यान्ड, न्युयोर्कको संयोजन र प्रस्तुतीमा तयार भएको सोहि गितमा बिमल डाँगी, मधुर गिरी तथा गायिका/मोडल सरिता डॅागीको स्वर रहेको छ । मधुर गिरीको शब्द रहेको गितमा गायक बिमल डाँगीको संगित रहेको छ । “फुलबुट्टे सारी लाएर” बोलको भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञवाली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी, सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीताढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्रि डाँगी, रामबिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन र टिका छन्त्यालले नृत्य तथा अभिनय गरेका छन् । बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने बिनोद बमले सम्पादन गरेका हुन् । भिडियोलाई गत आईतबार “बिमल डागी” युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here