बिभिन्न ठाउँमा गएको पहिरोले कर्णाली राजमार्ग अबरुद्ध

0
12

सुर्खेत – अविरल बर्षाका कारण बिभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कर्णाली कारिडोरको कालिकोट सडकखण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएको छ। पहिरो हटाउन ३ वटा डोजरसहितको टोली पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here