बिबाह समारोहमा झडप हुँदा एकजनाको मृत्यु

0
26

सप्तरी – सप्तरीमा बिबाह समारोहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ। डिजे बजाउने विषयमा भएको विवादमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो । रामचन्द्र पासवानको घरमा सोमबार राति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here