बिन्ध्यबासीनि संगीत साधना सम्मान २०७९ सुक्मीत गुरुङ लाई

0
17

हरेक बर्ष श्रष्टा सम्मान मा ठुलो धनरासी सहित सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि म्युजिक ले यो बर्ष को संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङ लाई समर्पण गर्ने भयको छ । संगीत कर्मबाट सामाजिक कार्य तथा समग्र संगीत समाजको ईज्यत र गरिमा अभिवृद्धिका लागी निरन्तर लागीरहेको बिन्ध्यवासीनि म्युजिक अवार्डको १३औं संस्करण आगामी बैशाख २२ गते हुने र सोही समारोहमा यो सम्मान प्रदान गरिने कुरा बिन्ध्यबासिनि म्युजिक ले जनाएको छ । यस अघि बिन्ध्यवासिनि संगीत साधना सम्मान बाट भजन शिरोमणी भक्तराज आचार्य, बि.सं. २०७०, संङ्गीतकार सम्भुजित बास्कोटा बि.सं.२०७१, संङ्गीतकार शक्ति बल्लभ बि.सं.२०७२,गीतकार.कृस्णहरि बराल बि.सं. २०७३,गायक दिप श्रेष्ठ बि.सं. २०७४,गायिका ज्ञानु राणा बि.सं. २०७५,गायकदिपक खरेल बि.सं. २०७६,गायिका कुन्ती मोक्तान बि.सं.२०७७ र गायिका तारा थापा ज्यू बि.सं. २०७८ सम्मानित भैसक्नु भयको कुरा बिन्ध्यवासिनि म्युजिक ले जनायको छ । बिन्ध्यवासीनि म्युजिक ले श्रस्ठा का सम्मान मा समर्पण गर्ने सम्मान मा लाईफ टाईम अचिभमेन्ट अवार्ड रु १ लाख, संगीत साधना सम्मान रु ५० हजार,प्रेमध्वज संगीत रत्न सम्मान रु २५ हजार र कला पत्रकारीता सम्मान रु २५ हजार धनरासी का रहेका छन । निजी क्षेत्रबाट यति ठुलो धनरासी को सम्मान नेपालि संङ्गीत ईतिहास मै पहिलो हो । यसका अलावा यसै बर्ष बाट बिन्ध्यबासिनि फाउन्डेसन ले रु २५ हजार धनरासी सहित को “झलकमान लोक संगीत सम्मान” को घोषणा गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को सिफारिस बमोजिम कुनै एक लोक श्रस्ठा/प्रस्तोता लाई यो सम्मान प्रदान गरिने कुरा बिन्ध्यबासीनि फाउन्डेसन की अध्यक्ष लिना शर्मा रेग्मी ले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here