‘बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराईलाई

0
26

काठमाडौं- नेपाली संगित क्षेत्रमा कृयाशिल संस्था बिन्ध्यवासीनी म्युजिक प्रालिले ‘बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराईलाई प्रदान गर्ने भएको छ ।

विगत २५ वर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संङ्गीत र श्रष्टा प्रबद्र्धन एंव विकासमा योगदान पुर्‍याएबापत नरेश भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन् । नरेश भट्टराई २५ हजार धनरासीसहित ‘बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ बाट सम्मानित हुन लागेका हुन् ।

नेपाली संगीत क्षेत्रको श्रीवृद्धिका लागि विगत २५ वर्षदेखि कृयाशिल बिन्ध्यवासीनी म्युजिक प्रालिले गत १३ वर्षदेखि वार्षिक रुपमा बिन्ध्यवासिनी म्युजिक अवार्ड गर्दै आइरहेको छ । श्रष्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबद्र्धनमा भुमिका निभाएका पत्रकारलाई पनि नेपाली संगीत समाजले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनि म्युजिक प्रा.लिले सम्मानको सुरुवात गरेको अध्यक्ष शर्माले जानकारी दिइन् ।

नीजि क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीतको इतिहास मै पहिलो भएको उनी बताउँछिन् । यस अघि बिन्ध्यवासिनी गीत संङ्गीत पत्रकारिता पुरस्कारले गीत संङ्गीतको क्षेत्रमा विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर काम गरिरहेका पत्रकारहरूलाई पुरस्कृत गरेको उनले बताइन् ।

बिन्ध्यबासिनि कला पत्रकारीता सम्मान” बाट हाल सम्म सम्मानित ब्यक्तित्वहरुको नामावली बिन्ध्यवासीनि फाउन्डेसनले उपलब्ध गराएको छ ।

जस अनुसार :
१) श्री बिदुर गीरी ज्यू _ बि.सं.२०७०
२) श्री नवराज लम्साल ज्यू _ बि.सं.२०७१
३) श्री कृष्ण भट्टराई ज्यू _ बि.सं.२०७२
४) श्री सुमन खरेल ज्यू _ बि.सं.२०७३
५) श्री डब्बु क्षेत्री ज्यू _ बि.सं.२०७४
६) श्री रमण घिमिरे ज्यू _ बि.सं.२०७५
७) श्री राजेश खनाल ज्यू _ बि.सं.२०७६
८) श्री अनन्त बाग्ले ज्यू _ बि.सं.२०७७
९) श्री स्याम स्मृत ज्यू _ बि.सं.२०७८ र बि.सं. २०७९ मा श्री नरेश भट्टराईलाई सम्मान गर्न लागेको कुरा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here