विन्ध्यबासिनी फाउण्डेशनले गर्यो श्रष्टा तथा पत्रकार सम्मानको घोषणा । लाइफटाइम भने बस्नेतलाई ,,,

0
135

काठमाडौं -विन्ध्यबासिनी फाउण्डेशनले विन्ध्यबासिनी संङ्गीत साँझ– २०७६ तथा दशाैं विन्ध्यबासिनी म्युजिक अवार्ड–२०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । शनिबार अर्थात भाद्र २१ गते बानेस्वर स्थित इन्द्रेणी फ़ुडल्याण्ड मा बसेको फाउण्डेशनको बैठकले सोहि निर्णय गरेको हो ।
फाउण्डेशनको निर्णय अनुसार विन्ध्यबासिनी लाईफटाईम एचिभमेन्ट अवार्ड–२०७६ बरिष्ठ लोकगायक कुमार बस्नेतलाई प्रदान गरिने भएको छ उक्त सम्मान नगद एक लाख रुपैयाँ राशीसहित प्रदान गरिने छ ।
यसै गरि विन्ध्यबासिनी सङ्गीत साधना सम्मान–२०७६ गायक दीपक खरेललाई प्रदान गरिने छ उक्त सम्मानका साथ नगद राशी ५० हजार रुपैयाँ पनि प्रदान गरिने छ भने विन्ध्यबासिनी सङ्गीत रत्न सम्मान–२०७६ संगीतकार हरि लम्साललाई प्रदान गरिने भएको छ उक्त सम्मानका साथ नगद राशी २५ हजार रुपैयाँ रहने छ ।
यस बर्ष विन्ध्यबासिनी कला पत्रकारिता सम्मान–२०७६ बाट पत्रकार राजेश खनाललाई सम्मान गरिने निर्णय गरिएको छ । सो सम्मानका साथ नगद राशी २५ हजार रुपैयाँ रहने छ भने विन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान–२०७६ पोखरामा कार्यरत पत्रकार दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ उक्त सम्मानको राशी नगद १५ हजार रुपैयाँ रहने छ ।
आउँदो कात्तिकमा हुने विशेष कार्यक्रममा उक्त सम्मानहरू समर्पण गरिने फाउण्डेशनले जानकारी गराएको छ ।
फाउण्डेशनको बैठक अध्यक्ष लीना शर्मा रेग्मीको अध्यक्ष्यतामा सचिब परमानन्द खनाल ले संचालन गरेका थिए भने नेपाली संगीत क्षेत्रका ठुला ठुला हस्ती र विभिन्न संघ संस्थाका प्रमुख , प्रतिनिधि , फाउण्डेशनका आजीवन सदस्य , सदस्य ज्यु हरु र लोकप्रिय कलाकार, पत्रकार हरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । अध्यक्ष रेग्मीले फाउण्डेशनले गरेका भिभिन्न कार्यहरुको बारेमा प्रकास समेत पार्नुभएको थियो ।
विभिन्न उपस्थित जनहरुले बिन्दबाशिनी म्युजिक अवार्ड सबैभन्दा विस्वासिलो र निस्पक्ष रहेको र यसलाई अझै शभ्य र भब्य बनाउनुपर्ने प्रतिक्रिया दिएका थिए ।
जय गीत जय संगीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here