बिना परीक्षण ६ दिनमा एक लाख व्यक्ति काठमाडौं भित्रिए

0
17
b;}F dgfpFg 3/ uPsf ;j{;fwf/0fx? sf7df8f}F kms{;Fu} rxnkxn a9]sf] 5 . /fhwfgLsf d'Vo gfsf s+nsL, afnfh' nufot If]qsf ;8sdf oftfotsf] ;+Vofsf laxLaf/ a'l4 ePsf] 6«flkmssf] egfO{ /x]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – लामो दुरीका सार्वजनिक सवारीसाधन संचानलनमा आएसँगै पछिल्लो ६ दिनमा १ लाखभन्दा धेरै व्यक्ति काठमाडौं उपत्यका प्रवेश गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार विभिन्न नाकाबाट २४ हजार ३ सय ४७ वटा सवारी साधन भित्रिएका छन् । त्यसमा सवार १ लाख १ हजार ६ सय २८ जना यात्रु काठमाडौं प्रवेश गरेको महाशाखाले जनाएको छ ।
यस्तै २४ हजार ६ वटा सवारी साधन काठमाडौंबाट विभिन्न जिल्लामा गएका छन्। उक्त सवारीमा करिब १ लाख व्यक्तिले काठमाडौं छाडेको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं छाड्ने र भित्रिने कसैको पनि कोरोना परीक्षण गर्ने गरिएको छैन् । यद्यपी काठमाडौंका घरभेटीहरुले पीसीआरको रिपोर्टबिना घरभित्र पस्न नदिएपछि अहिले टेकु अस्पतालमा कोरोना परिक्षण गराउनेको भीड लागेको छ ।
हरेक दिन ५ हजारभन्दा धेरै ब्यक्तिको लाइन लाग्ने गरेको टेकु अस्पतालले जनाएको छ । परीक्षणको पालो कुर्न कयौं व्यक्तिहरु राति नै अस्पताल परिसरमा बास बस्ने गरेका छन् ।
लकडाउनको समयमा काठमाडौंका विभिन्न नाकाबाट दैनिक २ हजारको सङ्ख्यामा अत्यावश्यक सवारी साधन नाकाबाट आवतजावत गर्ने गरेका थिए।
सार्वजनिक सवारी साधन र लामो दुरीको सवारी संचालनमा आएछि नाकाबाट बाहिरिने र भित्रिने सवारी सङख्या बृद्धि भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here