बारीमा सुकेको झिक्रा डढाउन गएकी ७२ वर्षीया वृद्धाको जलेर मृत्यु

0
83

काठमाडौं – तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फुलमाया ढुङगानाको आगोमा जलेर मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे उनी घर नजिकैको बारीमा सुकेको झ्यास झिक्रा डढाउन पुगेकि थिइन् । आगो फैलिएर नजिकैको बास झ्याङमा पनि आगलागी भएको थियो । आगलागी हुँदा उनको जलेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बासझ्याङमा आगलागी भएपछि स्थानीय किशोरप्रसाद सिग्देल र फूलमायाकी जेठी बुहारीले निभाउने खोजेका थिए। त्यसबेला उनीहरूले फूलमायालाई जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यस घटनामा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here