बाबुराम र बामदेवलाई हँसिया हथौडामा चुनावमा लड्न दिने माओवादीको निर्णय

0
13

काठमाण्डौ- नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमको पार्टीका उम्मेदवारलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानका उम्मेदवारहरुलाई हसिया हथौडा चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । “राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौँ । ” महराले भने । नेपाल समाजवदी पार्टी (नेसपा)गठन गरेका भट्टराई केहि समय यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संवादमा थिए । यस्तै, नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतम पनि चुनावका बिषयमा माओवादी केन्द्रसँग सहकार्य गर्न पुगेका हुन् । गौतम र भट्टराईले माओवादीसँग केही शर्तहरु पनि राखेको र त्यसबारेमा छलफल हुने महराले जानकारी दिए। २०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए। एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here