बाग्लुङमा पहिरो ५ घर पुरीए, एकजना बेपत्ता

0
140

काठमाडौं – अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् भने परिवारका अन्य पाँच सदस्य भने सकुशलै रहेको बताइएको छ ।
‘घरका अरु सदस्य चिया खान भनेर अर्को भान्छा घरमा गएको र हरिकृष्ण जुन घरमा थिए, त्यहि घर माथिबाट पहिरो झरेर उनि बेपत्ता भएको बताइएको छ ।’
सोहि नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।
आज बिहानको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।
हिजो आइतबार पनि बाग्लुङको टुनिबोटमै पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियो । आइतबार पहिरोले तीन घर भत्काएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here