बागलुङ ग्याङ फाइट प्रकरण : ७ जना आरोपी पक्राउ

0
88

काठमाडौं – बागलुङ, गुल्मी र प्युठान जिल्लाको संगमस्थल बल्देधुरीमा होली खेल्ने क्रममा २ जनाको मृत्यु हुनेगरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । आइतबार बल्देधुरीमा होली खेल्ने क्रममा भएको विवादले उग्र रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । आइतबारको घटनामा बागलुङको निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । दुई जनाको मृत्यु हुने गरी भएको घटनामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले जानकारी दिए । प्रहरीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here