बागमती प्रदेश लोकसेवाले माग्यो कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

0
95

बागमती प्रदेशमा लोकसेवा आयोगले सहायक पाचौं अन्तर्गत विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रदेश लोकसेवाले आज एक सूचना जारी गर्दै सामान्य प्रशासनतर्फ (प्रशासन, लेखापाल, आलेप) इन्जिनियरिङ, कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा र विविध सेवा अन्तर्गत बिभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

अनलाइन मार्फत माघ ४ सम्म सिंगल दस्तुरमा र दोब्बर दस्तुर तिरेर माघ १२ गतेसम्म आवेदन दिन सकिने प्रदेश लोकसेवाले जनाएको छ । खुलाको लागि दस्तुर ७ सय र थप समूहको लागि ३ सय थप लाग्नेछ । प्रशासन र लेखा र आलेपको प्रथम पत्र परीक्षा आगामी फागुन ८ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here