बस र ट्रक एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु

0
6

मकवानपुर – गए राति हेटौँडास्थित नवलपुर भन्ने ठाउँमा बस र ट्रक एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नंबरको को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here