बस दुर्घटना हुँदा ५ को मृत्‍यु भएको छ। २७ जना घाइते

0
10

जाजरकोट – जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ। २७ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। बस राति २ बजे दुर्घटनामा परेको उनको भनाइ छ। उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here