बसको ठक्करबाट महिलाको मृत्यु बस र चालक प्रहरी नियन्त्रणमा

0
8

काठमाडौं– पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नंको बसले ठक्कर दिँदा खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते भएकी एक महिलाको आज मृत्यु भएको छ । पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ । शवलाइ आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here