बर्दियामा बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते, २ जनाको अवस्था गम्भीर

0
5

काठमाडौं – बर्दियामा बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ । बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान भएको उक्त दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । सामान्य घाइते भएका अन्यलाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ । दुर्घटना ग्रस्त बसका चालकलाइ भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here