बढ्यो सुनचाँदीको भाउ

0
9

काठमाण्डौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। आइतबार फाइन गोल्ड प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here