बढ्यो सुनको मूल्य

0
11

काठमाडौं – आज सुनको मूल्य बढेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको बिक्री मूल्य स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । सुनको मूल्य बढेको दिन चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै कारोबार मूल्यमा खरिद-बिक्री भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here