काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। गत सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजावी सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।