बढ्यो सुनको मूल्य

0
12

काठमाडौँ – आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here