बढ्यो सुनको मूल्य

0
4

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सयले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ७ रुपैयाँले नै बढेर एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी मूल्यमा बिहीबार २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here