बढ्यो सुनको मूल्य

0
4

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भईरहेको छ ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार २०० र तेजाबी सुन तोलाको १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here