बढ्यो सुनको मूल्य

0
6

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको हो। सोमबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ सयले बढेर प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here