बढ्यो सुनको मूल्य

0
12

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८ सय रुपैयाँ रहेको छ ।
यता, चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ६५ सय रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here