बढ्यो सुनको मूल्य

0
3

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here