बढ्यो सुनको मूल्य

0
8

काठमाण्डाै- सुन चाँदीको भाउ लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनकाे भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।अस्ति शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासङ्घले जनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here