बढ्यो सुनको मूल्य

0
4

काठमाडौँ- सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ। हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको भाउ भने यथावत् रहेको छ। चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here