बढ्यो सुनको भाउ

0
8

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो।बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here